पुतलीबजारको १४ सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री
स्याङ्जा | बैशाख २४, २०८०
स्याङ्जा: संविधान सभा सदस्य अमृता थापाको पहलमा स्याङजाको पुतलीबजार नगरपालिकाकाे १४ वटा सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।
गाउँपालिका भित्र रहेका १४ सामुदायिक विद्यालयका बाल विकासदेखि कक्षा ८ सम्म अध्यनरत विद्यार्थीहरुलाई स्टेसनरी तथा झोला वितरण गरिएको हो ।
चाइना फाउण्डेशन फर रुलल डेभलपमेन्टको आर्थिक सहयोग र ग्लोबल कोअपरेशन फर डेभलपमेन्टको संयोजनमा १ हजार १ सय ६३ थान स्टेसनरीका सामानसहित झोला संविधान सभा सदस्य थापामगरको हस्तान्तरण गरिन् ।
सो अवसरमा बोल्दै थापामगरले विद्यार्थीहरुलाई अध्ययनमा थप प्रोत्साहन मिल्ने धारणा राखिन् । उनले बालबालिका भविष्यको कर्णधार रहेको बताउदै अध्ययनको वातावरण सिर्जना गर्नुपर्ने अवश्यकता रहेको उल्लेख गरिन् । ‘यि बालबालिका भविष्यका कर्णधार हुन्, उनले भनिन्, ‘त्यसैले नानीबाबुहरुलाई पढ्नका लागि उचित वातावरण हामीले मिलाइदिनुपर्छ ।’
उनले आगामी दिनमासमेत पुतलीबजार नगरपालिकाकाे विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि सधै साथमै रहने बताएकी थिइन् ।

यस्तै पुतलीबजार नगरपालिकाको प्रमुख तुलसी रेग्मीले उक्त पहलको लागि अमृता थापामगर र चाइना फाउण्डेशनलाई धन्यवाद व्यक्त गर्दै उदाहरणीय कार्य गरेको बताए ।
प्रमुख रेग्मीले शैक्षिक क्षेत्रमा गरिएको सहयोगको कुनै मूल्य नहुनेसमेत धारणा राखेका थिए ।
सो कार्यक्रममा कावा प्र.अ. दिपक वाग्ले, शिक्षा शाखा प्रमुख जिवलाल भुषाल वडा सदस्य नारायण थापा, ग्लोबल कर्पाेरशन फर डेभलपमेन्टका उक्तम कार्की, युवा नेता तथा समाजसेवी मन बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
जनजागृति प्रा.विका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी केसीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सहायक प्र.अ गिता गाहा मगरले गरेकी थिइन् ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

